आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपालको दुई सय रन पूरा
आइतबार, ०३ असार २०८०, १५ : १७
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले दुई सय रन पूरा गरेको छ । नेपालले ३८.२ ओभरमा केवल दुई विकेट गुमाएर दुई सय रन पूरा गरेको हो ।
नेपालका लागि कुशल मल्ल १६ र कप्तान रोहित पौडेल ११ रन बनाउँदै क्रिजमा छन् । यसअघि नेपाललाई ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले गतिलो सुरुआत दिलाएका थिए । कुशल ९९ रनमा आउट भएका थिए । कुशलले ९५ बलको सामना गरी दुई छक्का र १३ चौका हिर्काएका थिए ।
अर्का ओपनर आसिफले टोलीका लागि ६६ रनको योगदान गरेका थिए । दोस्रो विकेटका रुपमा पेभेलियन फर्किनुअघि उनले एक सय बलको सामना गरी सात चौका हिर्काएका थिए । घरेलु टोली जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण