आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपाल जिम्बाबेसँग पराजित
आइतबार, ०३ असार २०८०, १९ : ५५
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो ।
२९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल ९९ रन र आसिफ शेख ६६ रन बनाएका थिए । यस्तै कुशल मल्ल ४१ र रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।
गुल्सन झा १३ रन, आसिफ शेख १०, दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । यस्तै भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट भए ।
अब समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण