मन्त्री रिजाल चीन प्रस्थान
सोमबार, ०४ असार २०८०, १६ : ३८
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । मन्त्री रिजाल चीनको निमन्त्रणामा १३औँ काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म फेयर आयोजना हुनेछ । फेयरको मुख्य उद्देश्य सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरूसँगको सम्पर्क सञ्जाल अभिवृद्धि गर्ने रहेको छ । त्यसैगरी बाह्य विश्वसँग खुला हुने मञ्चहरूलाई मजबुत पार्ने तथा खुलापनलाई बढाउने रहेको छ ।
मन्त्री रिजालसँगै भ्रमण टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागिता रहेको छ । पाँच दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण