बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री रिजाल चीन प्रस्थान

सोमबार, ०४ असार २०८०, १६ : ३८
सोमबार, ०४ असार २०८०

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । मन्त्री रिजाल चीनको निमन्त्रणामा १३औँ काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म फेयर आयोजना हुनेछ । फेयरको मुख्य उद्देश्य सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरूसँगको सम्पर्क सञ्जाल अभिवृद्धि गर्ने रहेको छ ।  त्यसैगरी बाह्य विश्वसँग खुला हुने मञ्चहरूलाई मजबुत पार्ने तथा खुलापनलाई बढाउने रहेको छ । 

मन्त्री रिजालसँगै भ्रमण टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागिता रहेको छ । पाँच दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप