बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

थोक बजारमा ४ रुपैयाँले बढ्यो स्वदेशी गोलभेँडाको मूल्य

मङ्गलबार, ०५ असार २०८०, १२ : ०६
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा स्वदेशी गोलभेँडाको मूल्य ४ रुपैयाँ बढेको छ । यही असार ३ गते किसानले कालीमाटीमा गोलभेँडा फालेर मूल्य र बजार नपाएको विरोध गरेका थिए ।

त्यसयता आजको दिनसम्म थोक बजारमा सानो गोलभेँडा (टनेल)को मूल्य किलोमा ३ रुपैयाँ ८० पैसा बढेको हो । यससँगै, आज कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो ११ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ ।

यसअघि, किसानले गोलभेँडा फालेर विरोध गर्दा यसको थोक मूल्य ८ रुपैयाँ थियो । यस्तै, उक्त मितिमा किसानले प्रतिकिलो २ रुपैयाँ पाइरहेका थिए । थोक मूल्य बढेसँगै किसानले पाउने मूल्य समेत बढेको छ ।

हाल कालीमाटीमा तीन प्रकारका गोलभेँडा कारोबार हुँदै आएको छ । यसमध्ये सबैभन्दा सस्तो मूल्यमा सानो गोलभेँडा (टनेल) कारोबार हुँदै आएको छ । ठुलो गोलभेँडा भारतीय र नेपालीको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप