थोक बजारमा ४ रुपैयाँले बढ्यो स्वदेशी गोलभेँडाको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा स्वदेशी गोलभेँडाको मूल्य ४ रुपैयाँ बढेको छ । यही असार ३ गते किसानले कालीमाटीमा गोलभेँडा फालेर मूल्य र बजार नपाएको विरोध गरेका थिए ।
त्यसयता आजको दिनसम्म थोक बजारमा सानो गोलभेँडा (टनेल)को मूल्य किलोमा ३ रुपैयाँ ८० पैसा बढेको हो । यससँगै, आज कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो ११ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ ।
यसअघि, किसानले गोलभेँडा फालेर विरोध गर्दा यसको थोक मूल्य ८ रुपैयाँ थियो । यस्तै, उक्त मितिमा किसानले प्रतिकिलो २ रुपैयाँ पाइरहेका थिए । थोक मूल्य बढेसँगै किसानले पाउने मूल्य समेत बढेको छ ।
हाल कालीमाटीमा तीन प्रकारका गोलभेँडा कारोबार हुँदै आएको छ । यसमध्ये सबैभन्दा सस्तो मूल्यमा सानो गोलभेँडा (टनेल) कारोबार हुँदै आएको छ । ठुलो गोलभेँडा भारतीय र नेपालीको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण