बझाङ दुर्घटना : कोहलपुर मेडिकल कलेजमा मन्त्री सिंहको उपचार सुरु
धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ ।
बझाङस्थित रितु पोलिक्लिनिकबाट रेफर गरिएका उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको हो । उपचारमा संलग्न मेडिकल कलेजका डाक्टर राहुल डंगौरालाई उद्धृत गर्दै सुदूरपश्चिमकी सांसद गीता चौधरीले मन्त्री सिंहको उपचार सुरु भएको जानकारी दिइन् ।
मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ । रितु पोलिक्लिनिकका डाक्टर रञ्जित चौरासियाले मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको बताए। साथै उनको नाकबाट अत्यधिक रक्तश्राव हुनुका साथै अक्सिजनको मात्रा तथा नाडीको चाल कम रहेको छ । तर मुटुको चाल भने अधिक रहेको बताइएको छ ।
उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण