सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमतले तोक्यो आठ जिल्लामा इन्चार्ज

मङ्गलबार, ०५ असार २०८०, १९ : ४७
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । जनमत पार्टीले विभिन्न जिल्लाको इन्चार्ज तोकेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीको काम कारबाही तथा संगठन विस्तार गरी आठ वटा जिल्लाका लागि आज इन्चार्ज तथा सह–इन्चार्ज चयन गरेका छन् ।

पार्टीले सुनसरीका लागि इन्चार्जमा रामचन्द्र मेहता, नवलपरासीका लागि इन्चार्जमा कृष्णकान्त चौधरी र सहइन्चार्जमा गीता पाण्डेलाई चयन गरेको छ । त्यस्तै, रुपन्देहीका लागि अर्जुन जयसवाल र कपिलवस्तुका लागि मनोज ओझालाई इन्चार्ज बनाइएको छ । सिन्धुपाल्चोकका लागि मंगलसिंह तमाङलाई इन्चार्ज र लालबाबु तमाङलाई सह–इन्चार्ज तोकिएको छ भने कञ्चनपुरका लागि इन्चार्जमा दिलबहादुर चौधरी र सह–इन्चार्जमा नरसिंह बडाल, मकवानपुरका लागि इन्चार्जमा राधा रमन सुवेदी तथा सह–इन्चार्जमा कोपिला नेपाली र सिन्धुलीका लागि कौशल देवकोटालाई इन्चार्ज तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप