जनमतले तोक्यो आठ जिल्लामा इन्चार्ज
मङ्गलबार, ०५ असार २०८०, १९ : ४७
काठमाडौँ । जनमत पार्टीले विभिन्न जिल्लाको इन्चार्ज तोकेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीको काम कारबाही तथा संगठन विस्तार गरी आठ वटा जिल्लाका लागि आज इन्चार्ज तथा सह–इन्चार्ज चयन गरेका छन् ।
पार्टीले सुनसरीका लागि इन्चार्जमा रामचन्द्र मेहता, नवलपरासीका लागि इन्चार्जमा कृष्णकान्त चौधरी र सहइन्चार्जमा गीता पाण्डेलाई चयन गरेको छ । त्यस्तै, रुपन्देहीका लागि अर्जुन जयसवाल र कपिलवस्तुका लागि मनोज ओझालाई इन्चार्ज बनाइएको छ । सिन्धुपाल्चोकका लागि मंगलसिंह तमाङलाई इन्चार्ज र लालबाबु तमाङलाई सह–इन्चार्ज तोकिएको छ भने कञ्चनपुरका लागि इन्चार्जमा दिलबहादुर चौधरी र सह–इन्चार्जमा नरसिंह बडाल, मकवानपुरका लागि इन्चार्जमा राधा रमन सुवेदी तथा सह–इन्चार्जमा कोपिला नेपाली र सिन्धुलीका लागि कौशल देवकोटालाई इन्चार्ज तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण