बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

थलपति विजय टाइम्स स्क्वायरमा देखिने पहिलो तमिल अभिनेता

बुधबार, ०६ असार २०८०, ०७ : ५२
बुधबार, ०६ असार २०८०

मुम्बई । थलपति विजय साउथ फिल्मका सुपरस्टार हुन् । पछिल्ला केही वर्षमा उनको लोकप्रिय निकै बढेको छ । उनका फ्यान फलोइङ भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छन् । विजय आगामी जुन २२ मा जन्मदिन मनाउँदैछन् ।

यसपटक उनलाई फ्यानले विशेष उपहार दिँदैछन् । विजय हालका दिनमा नयाँ फिल्म ‘लियो’को सुटिङमा व्यस्त छन् । अमेरिकामा रहेका उनका फ्यानले हालैमात्र न्यूयोर्कको टाइम्स स्क्वायर बिलबोर्डमा विजयको एक भिडियो प्रदर्शन गरिएको थियो । जुन भिडियोमा उनका कैयौं तस्वीर देखाइएका थिए ।

भिडियोका अन्त्यमा उनका फ्यानले उनलाई शुभकामना दिएको देखाइएको थियो । टाइम्स स्क्वायर बिलबोर्डमा देखिने अवसर पाएका विजय पहिलो तमिल अभिनेता हुन् ।

विजय अभिनित फिल्म ‘लियो’मा लोकेश कनागराजको निर्देशन छ । यो फिल्म अक्टोबर १९ मा रिलिज हुँदैछ । फिल्ममा उनको अपोजिटमा तृषा देखिँदैछिन् भने सञ्जय दत्त भिलेन चरित्रमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप