सामसङले ल्यायो नयाँ अफर, इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?
काठमाडौँ । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ अफर ‘इन्स्टा फाइनान्स’ प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्ट फोन खरिद गर्ने ग्राहकहरूका लागि लागू गरिएको कम्पनीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरूले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुर्याउनु रहेको कम्पनीको भनाइ छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ आज आफ्नो ग्राहकहरू कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौँ । हामी उनीहरूको आवश्यकता र जरुरतहरूलाई बुझ्दछौँ । त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरू र सेवाहरू उपलब्ध गराउने गर्दछौँ । हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो । सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरूलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ ।’
प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउने उनले बताए । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत बढाउँदै लग्ने योजना सामसङको रहेको छ । सामसङले भनेको छ, ‘यो एक अत्यन्त महत्त्वपूर्ण पहल हो, जुन सामसङ जस्तो स्थापित ब्रान्डले आफ्नो उपकरणहरूलाई सुलभ तरिकाले सबैको पहुँचमा पुर्याउन सुरु गरेको छ । ग्राहकहरू जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराख्नु भएको छ, उनीहरुका लागि यो एक अत्यन्त सुवर्ण अवसर हो ।’
सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?
‘यो अत्यन्त सरल, झन्झटरहित र तुरुन्तै हुने प्रक्रिया हो । यसका लागि क्रेडिट कार्डको समेत जरुरुत पर्ने छैन’, कम्पनीले भनेका छ, ‘ग्राहकहरूले केही सामान्य प्रक्रियाहरू पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्दछन् । ग्राहकहरूले आवश्यक कागजातहरू (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ । यसरी उपलब्ध गराइएका कागजाताहरु प्रमाणिकरण भएपछि ग्राहकहरूले कानुनी कागजातमा हस्ताक्षर गर्नु पर्नेछ, त्यस पश्चात् उनीहरुले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।’
यो कार्यक्रम ग्राहकहरू र स्मार्टफोन रिटेलरहरु दुबैका लागि लाभदायक हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले सजिलै ऋण सुविधा पहुँच गर्न सक्छन् भने न्यूनतम शुल्कमा नै आफ्नो रोजाइको स्मार्टफोनहरू खरिद वा अपग्रेड गर्न सक्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण