रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँ : अनिल केशरी शाह
काठमाडौँ । पूर्व बैंकर अनिल केशरी शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र आफ्नो सोच मिलेको पनि बताए । ‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’
यसपछि आफू रास्वपा प्रवेश गर्न तयार भएको उनको भनाई छ । ‘सबै क्षेत्रमा नेतृत्वको विकास गराउने मेरो सीप यहाँ प्रयोग गर्न सक्छु भन्ने लागेको भएर आज यहाँ आएको छु । प्रवेश भनेको फिनिसिङ लाइन होइन, सुरुवात मात्र हो ।’ शाहले सबैलाई रास्वपा प्रवेशका लागि आह्वान पनि गरे । बिहीबार रास्वपा प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण