सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गर्न सिफारिस गर्ने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । कास्कीस्थित साराङ्कोटमा सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गर्न सहयोग गरेको आरोपमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरूङ र वडा ७ बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।
पोखरा महानगर–१८ सराङकोटस्थित करिब ५/६ रोपनीको सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
मुद्दा दायर गरिएकासँग जनही एक करोड ५० लाख रुपैयाँ बिगो माग गरिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।
दाहालका अनुसार कानुनले नदिएको अधिकार प्रयोग गरी तत्कालीन साराङ्कोट गाविसका अध्यक्ष मोदनाथ रेग्मी लगायतले बाटो सार्वजनिक जग्गाबाट बाटो खोल्न अधिकार दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण