सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट झापामा एक विद्यार्थीको मृत्यु

बिहीबार, ०७ असार २०८०, २० : ३६
बिहीबार, ०७ असार २०८०

झापा  । झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।  कमल गाउँपालिका-३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

कमल-३ स्थित क्याम्पस सडक खण्डअन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे१ख १५१८ नम्बरको बसले विद्यालयबाट घर फर्कँदै गरेका छात्र थापालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते छात्र थापालाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

बालक थापा स्थानीय कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप