बाढीपीडितलाई कोशी प्रदेश सरकारले पठायो राहत
विराटनगर । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरामा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक रु एक लाखका दरले राहत रकम पठाएको छ । पाँचथरमा मृतक जुना साउदेन, हेमराज भत्रे सञ्जोग लिम्बू र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत रकम पठाइएको छ ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो । सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिमृतक रु एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसैगरी, बिहीबार नै बाढी पहिरामा परी क्षतिग्रस्त भएका सङ्खुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहतस्वरूप रु सात लाख ७० हजार पठाइएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रतिघर रु ५० हजारका दरले र आंशिक क्षति भएका चारवटा घर पुनः निर्माणका लागि रु ३० हजारका दरले राहत रकम पठाइएको हो ।
सो रकम पनि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको कुरा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण