फ्राइडे रिलिज : देशभर फिल्म ‘अन्तिम संस्कार’
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक मात्र फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ । असारको महिना फिल्म हेर्ने दर्शकको कमी हुन्छ भन्दै अन्य नेपाली फिल्म जुध्न नआएपछि ‘अन्तिम संस्कार’ले एकल प्रदर्शन अवसर पाएको हो ।
प्रदीप शाहीद्वारा निर्देशित फिल्म ‘अन्तिम संस्कार’ देशभर एकसाथ प्रदर्शनमा आएको हो । मर्डर मिस्ट्री (रहस्यमय हत्या)को कथामा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङको अभिनय छ । जानकारी अनुसार, फिल्ममा विजय लामाको ‘न्यूड’ सिन समावेश छ ।
साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेनले फिल्ममा सहकार्य गरेको छ । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रवीन्द्र श्रेष्ठ छन् ।
बाबु श्रेष्ठको छायाङ्कन र रुपेश गुरुङको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
-
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
-
चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण