१० वर्षमा भारतले १० हजार मेगावाट बिद्युत खरिद गर्नेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्दा नेपालको जलविद्युत विकासको लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु भएको जानकारी गराएका छन् ।
सांसद अनिषा नेपालीले सोधेको भारत भ्रमणको क्रममा भारतले १० हजार मेगावाट बिद्युत खरिद गर्ने कुरा आयो, कुन कुन कम्पनीले उत्पादन गरेको खरिद गर्दैछ ? भन्ने लगायतका प्रश्नको जवाफ दिँदै प्रचण्डले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्नेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवद्धता ब्यक्त गरेको जानकारी गराए ।
उनले भने– ‘भारतसँगको दीर्घकालीन उर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षरपनि भइसकेको छ । सम्झौतामा अन्तिम हस्ताक्षर छिट्टै हुने विश्वास छ । देशमा हाल वर्षायाममा विद्युत उत्पादन क्षमता २८ सय मेगावाट रहेको छ । अधिकतम खपत करिब १९ सय मेगावाट पिक डिमाण्ड रहेको छ । आन्तरिक खपतभन्दा बढी भएको उर्जा खेर जान नदिनेगरी छिमेकी भारतमा विद्युत निर्यात भइरहेको छ ।
यसबाट देशको व्यापार घाटा न्यूनीकरण गर्न समेत महत्वपूर्ण योगदान पुगिरहेको छ ।’ उनले देशभित्र नै आन्तरिक बिद्युत खपत गर्न सरकारले उर्जा खपत सम्बन्धी कार्ययोजना ल्याइसकेको जानकारी गराए । उनले देशमा जलबिद्युत उत्पादनको व्यापक सम्भावना रहेको बताउँदै देशले समृद्धि हासिल गर्नका लागि उर्जा ब्यापार नै महत्वपूर्ण स्रोतको रुपमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण