प्रतिनिधिसभामा सांसद नचिनेर प्रधानमन्त्री अल्मलिएपछि....(भिडियोसहित)
काठमाडौँ । प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई जना सांसदलाई चिन्न नसकेपछि सभामुखसँग सहयोग मागेका छन् । प्रश्नोत्तरका क्रममा सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा तेस्रो प्रश्नकर्ता कांग्रेस सांसद अन्जनी श्रेष्ठलाई समय दिएका थिए । श्रेष्ठले प्रश्न पनि गरिन् । त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन समय दिए । तर, प्रधानमन्त्रीले सांसदलाई चिन्न नसकेर अल्मलिए अनि सभामुखको घिमिरेको सहयोग मागे ।
‘माननीय सदस्यको नाम मैले थाहा पाउनुपर्ने भयो’, सभामुखतर्फ हेर्दै प्रधानमन्त्रीले सहयोग मागेपछि सभामुखले अन्जनी श्रेष्ठको नाम लिन पुगे । त्यपछि प्रधानमन्त्रीले जवाफ दिन थाले । त्यस्तै अर्कासांसद अम्बिका बस्नेतलाई पनि प्रधानमन्त्रीले चिन्न सकेनन् । प्रधानमन्त्रीले बस्नेतलाई पनि नामले चिन्न नसकेपछि पुनः सभामुखको सहयोग मागे । उनले भने, ‘सम्माननीय सभामुख महोदय फेरि मलाई नाम भन्दिनुपर्ने भयो । यहाँ मेरो थोरै तलमाथि परेको छ ।’
प्रधानमन्त्रीले सहयोग मागेपछि सभामुखले ‘अम्बिका बस्नेत’ भनेर चिनाए । सभामुखले सांसदलाई चिनाएपछि नम्बर नै नरहेको भन्दै एकछिन अल्मलिन पुग्दै फेरि प्रश्न सोध्न आग्रह गरे । उनले फेरि प्रश्न गर्न आग्रह पनि गरे । त्यसपछि बस्नेतले पुन प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण