राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताएका छन् ।
प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कोशी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरू तय गर्न आवश्यक भएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
प्रदेशले बनाउने योजनाहरू प्रदेशकै तथ्याङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने कुरामा ध्यान पुग्नुपर्ने उनको भनाइ छ ।
‘प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरु तया गर्ने सन्दर्भमा हामी पहिलेनै चुकेका छौ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रहरुमा असन्तुलन हुने अवस्था रहन्छ’, मुख्यमन्त्री कार्कीले भने ।
प्रदेशको संरचनागत कुरामा ध्यान दिँदा अन्य क्षेत्रका कामहरू छुटेको प्रस्ट पार्दै यस पटकको बजेट निर्माणसँगै केही सुधार गर्ने प्रयास गरिएको कार्कीले बताए ।
उनले प्रदेश केही क्षेत्रको अवस्था खस्किएको दृष्टान्त प्रस्तुत गर्दै औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व सङ्कलनमा गिरावट आएको स्वीकार गरे ।
कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको कोशी प्रदेशलाई पर्यटनको एक नं गन्तव्य बनाउन सकिने बताए ।
खानेपानी, सिचाँइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङवोले वर्तमान संविधानले समाजबादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरू पनि सोही अनुरूप निर्माण गरिनुपर्ने सभामुख गौतमको भनाइ छ ।
त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले प्रदेश भित्रको प्राकृतिक स्रोतसाधनको रुपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेती, कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य गणेश उप्रेती लगायतले प्रदेश समृद्धिका आधारहरू बारेमा धारणा राखेका थिए भने अर्थशास्त्री प्रा डा शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण