बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउँछ : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, ०८ असार २०८०, १९ : ५८
शुक्रबार, ०८ असार २०८०

 काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताएका छन् ।  

शुक्रबार काठमाडौँमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले  विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताए । उनले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताए ।  

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताए । उनले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताए ।  

प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको बताए । उनले पछिल्लो समय राष्ट्र हितको काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति बढ्दै गएको बताए ।  

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको दाबी गरे । उनले तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानुनी सहजीकरण गर्न,साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न,सेवा प्रवाहमा सहजता ल्याउने काम भइरहेको बताए । उनले प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन, मौद्रिक नीति र आर्थिक नीति बीच सन्तुलन कायम गर्न, बैंकको ब्याजदर घटाउन उपायहरु खोजगरी लागू गर्न, पुँजीगत खर्च बढाउन र अर्थतन्त्र सुधार गर्न आवश्यक पर्ने नीतिगत कानुनी र व्यवहारिक कदम चाल्न सरकार लागि रहेको बताए । उनले  सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारको लागि नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप