शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसलाई उपेक्षा गरियो : महन्थ ठाकुर

शुक्रबार, ०८ असार २०८०, २१ : १५
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । सांसद महन्थ ठाकुरले मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उनले मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति संवेदनशील बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, “सीता, जनक र गौतम बुद्धको जन्मभूमि मधेस आज अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ । बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य छन् ।” उनले नागरिकताको विषय, लोकतान्त्रिक मधेस आन्दोलन र सीमा विवादका विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।

छलफलका क्रममा सांसद प्रदीप यादवले देशभरका कारागारको अवस्था सुधार गर्नुपर्ने बताए । “सरकारको नीतिविपरीत कारागारहरू सुधार गृहजस्ता छैनन्, यातना गृहजस्ता छन्”, उनले भने ।

उनले वीरगञ्जको कारागार जीर्ण अवस्थामा रहेको भन्दै तत्काल सुधार र व्यवस्थापनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षणसमेत गराए । उनले सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थितिबारे समेत सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप