शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ५ जनाको बीभत्स हत्या गरेपछि  आफैँलाई गोली हाने एक युवकले

शनिबार, ०९ असार २०८०, ०९ : ५३
शनिबार, ०९ असार २०८०

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदय विदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ ।

आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बन्चरो प्रहार गरेर हत्या गरेका थिए ।  

जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप