ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं । ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-४ बागडोल आकाशेपुलस्थित सडकमा बागमती प्रदेश ०२-०४३ प ६१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका-२ घर भएका २२ वर्षीय सागर आलेमगरको शुक्रबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
उता काभ्रेको बेथानचोक गाउँपालिका-४ पाटीखर्कस्थित सडकमा बा.१७ च ३०१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय दल बहादुर लोप्चनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकसहित ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका-१ स्थित सडकमा ना.७ त ५१६१ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार हरिवन नगरपालिका-४ बस्ने १७ वर्षीय सुरज कुमार महतोको शुक्रबार राति मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै बयोधा अस्पताल गण्डक पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
-
विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
-
डिजिटल बैंकिङमा फड्को: १० बैंकमार्फत १७ अर्बभन्दा बढी ‘फोनलोन’ प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण