शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
साहित्य

जनमत जिन्दावाद

शनिबार, ०९ असार २०८०, १८ : १२
शनिबार, ०९ असार २०८०

नभए पनि केही सुविधा । गरिरहन्छन् गर्नेहरू निरन्तर काम । नगर्नेहरू बनाइरहन्छन् सधैँ निहुँ । कामकै लागि काम गर्नेहरू । गर्नु परेजस्तै बाध्यताले । गर्नु परे जस्तै जागिरे भएर । सक्दैनन् चिनाउन जीवनलाई । 

हो काम नै पूजा । भए पनि जुनसुकै काम । भए पनि जुनसुकै क्षेत्र । गर्न सकियो भने हृदय लगाएर । हुन सक्यो भने समर्पण । गर्न सकियो भने त्याग । हुँदैन कहिले असफल केहीमा पनि । बन्छ परिचय पनि त्यही । हुन्छ प्रतिष्ठा पनि त्यही । 

चिनिनुभएको छ यसरी नै मोहन दुवाल । हुनुभएर साहित्यकार । हुनुभएर साहित्यिक पत्रकार । जित्नुभएको छ कामैले दुवैमा । लिनासाथ नाम बनेपाको । आउने पहिलो नाम हो उहाँको । भए पनि हजारौँ दुवालहरू । सम्झिने नाम हो मोहन दुवाल । आदरले लिने नाम पनि हो उहाँकै । 

बनेको छ ढुकढुकीजस्तै मुटुको । सिर्जना र सम्पादनमा । समर्पित क्षेत्र दुई । भएका छन् उहाँका दुई हातजस्तै दुई क्षेत्र । दुई खुट्टाजस्ता दुई कर्म । दुई आँखा जस्ता दुई दृष्टि । कमाउनुभएको छ प्रसिद्धि होइन देशभित्र मात्र । छ प्रतिष्ठा नेपाली भाषा भएको विदेशमा पनि । 

हो धरातल नै साहित्यिक पत्रकारिता सिर्जनाको । स्रष्टा चिनाउने पनि साहित्यिक पत्रिका नै । बनाउँछ चर्चित पनि साहित्यिक पत्रिकाले नै । हुनसम्मको सुखद माध्यम अरूका लागि । तारिदिए जस्तै माझीले डुङ्गाबाट । नभने पनि छन् समस्या जस्ताका तस्तै । सदाबहार समस्या पत्रिका प्रकाशन गर्नेका लागि । सुख बाँडेर दुःख स्विकार्ने महान् दुःखी काम । दिएको छैन कुनै सुविधा राज्यले । न बिक्छ नै पत्रिका । न पाइन्छ नै विज्ञापन । शून्य स्रोतको खर्चालु काम । 

सक्नुभएन जस्तै अप्ठ्यारोमा पनि । बेच्नु पर्दा पनि दुई तोला सुन श्रीमतीको । तिर्र्र्र्न प्रेसलाई पैसा जनमतको । हार्नुभएन कहिल्यै पत्रिका निकाल्न । थाक्नुभएन कहिल्यै ।

निस्कन थालेपछि पत्रिका । आउँछन् ह्वारह्वार्ती रचनाहरू । आउँदैनन् रचना चाहिए जस्ता । निकालेपछि पत्रिका बनाउनै पर्छ पाठकमैत्री । पाउनलाई राम्रा रचना । गरिरहनुपर्छ ताकेता पटक पटक । आएपछि रचना गर्नुपर्छ सम्पादन आफैँ । तिर्नुपर्छ प्रेसमा खर्च आफैँ । निस्किएपछि पनि पत्रिका । छैन वितरणको वैज्ञानिक व्यवस्था । बोकेर झोलामा बाँड्नुपर्छ हातहातमा । हुनुपरे जस्तै वान म्यान आर्मी । जे गरे पनि गर्नुपर्ने आफैँले । कारिन्दा भने पनि आफैँ । हाकिम भने पनि आफैँ । सहयोगी भने पनि सम्पादक भने पनि । वितरक भने पनि प्रकाशक भने पनि । जे गरे नि आफैँ । जसो गरे नि आफैँ । धन्य दिइरहनुभएको छ साथ पूरै भारती भाउजूले । छोरी सिर्जनाले पनि निरन्तर । 

भएर पनि क्षेत्र यति निरस । भएर पनि काम दुखिया । नछोड्ने रहेछ लागेपछि नशा । लागेपछि नशा सिर्जनाको । झन् कडा साहित्यिक पत्रकारिताको । नसकिने रहेछ छोड्न रहेसम्म जीवन । भएको त्यही हो मोहन दुवाललाई पनि । ‘जनमत’को नशा । जनमत प्रकाशनको नशा ।

सक्नुभएन जस्तै अप्ठ्यारोमा पनि । बेच्नु पर्दा पनि दुई तोला सुन श्रीमतीको । तिर्र्र्र्न प्रेसलाई पैसा जनमतको । हार्नुभएन कहिल्यै पत्रिका निकाल्न । थाक्नुभएन कहिल्यैै । हुनुभएन निराश कहिल्यै । निस्किरहेको छ त्यही भएर जनमत निरन्तर चालिस वर्षदेखि । छैन निस्किरहेको निकाल्नलाई मात्र । होइन नाम मात्रको पनि । परेको छ क वर्गमा नै प्रेस काउन्सिलको । निस्किसकेको छ अङ्क पनि तीन सय छ । सानो गौरव होइन साहित्यिक पत्रिकाका लागि । निस्किसकेको छ विशेषाङ्क नै असी वटा । अग्रज स्रष्टा अङ्क । प्रतिभाशाली स्रष्टा अङ्क । जिल्ला विशेषाङ्क । 

होे सबैभन्दा बढी सदस्य भएको साहित्यिक पत्रिका पनि । पुग्छ जस्तो लाग्छ सबैभन्दा बढी ठाउँमा पनि । हो जस्तो लाग्छ सबैभन्दा बढी अङ्क निस्कने निजी पत्रिका पनि यही । बन्नुभएको त्यत्तिकै होइन जनमत भनेकै मोहन दुवाल । मोहन दुवाल भनेकै जनमत । 

होइन पत्रिका मात्रै जनमत । हो सिर्जना सम्मान पनि । हो सिर्जना चौतारी पनि । हो अभियान साहित्यिक पत्रकारिताको पनि । हो प्रकाशन गृह पनि । छन् प्रकाशित एक सय पचपन्न नामका साहित्यिक पुस्तकहरू । स्थापना भएको साल चौवालिसदेखि । हो यो गन्ती उनासी सालसम्मको । 

छ जनमत वाङ्गमय प्रतिष्ठान पनि । बनेको छ संस्था आफैँमा गौरवशाली । गरिरहेको छ निरन्तर सम्मान र प्रोत्साहन । दिने गरिएको छ पन्ध्र जनालार्र्र्र्र्र्र्र्र्र्र्र्ई प्रत्येक वर्ष । भइसकेका छन् दुई सय चार जना सङ्ख्यामा सम्मानित स्रष्टाहरूको । होइन देशभित्रका मात्र प्रतिभा । छन् विदेशका पनि नेपाली स्रष्टा । छ पुस्तकालय पनि जनमतकै । छन् त्यहीँ हजारौँ महत्त्वपूर्ण पुस्तकहरू । 

जित्नुभएको छ कामैले । गर्नुभएको छ आँटैले । बन्नुभएर निष्पक्ष । समेट्नुभएको छ सबैलाई । पछाडि पर्ने गरी सरकारी प्रतिष्ठान । गिज्यारहेको छ कमलादीतिरलाई एकै जना मोहन दुवालले । बन्नुभए जस्तै एक्लो योद्धा । नजाने जस्तै हार्न कहिल्यै । हुनुभएको छ उदाहरण गतिलै । हुनुभएको छ सफल सगरमाथा जत्तिकै । बनेको छ कीर्ति साहित्य संसारको । कीर्तिमान पनि साहित्यिक पत्रकारिताको ।

प्रकाशित भएको थियो कविता पहिलो बिस सालमा । थियोे शीर्षक ‘मेरो सपना’ । छन् भइसकेका अब त धेरै सपना । निकाल्नुभो सङ्ग्रह नै पढ्दै गर्दा दस कक्षामा । ‘चुली जागु स्वाँ’ नेपाल भाषामा । अर्थात् टुसाउँदै गरेको पूmल । बनेको थियो पहिलो साहित्यिक सन्तान । दिनुभएको थियो त्यही वर्ष एसएलसी । पाटीमा भएको आजाद स्कुलबाट । निकाल्नुभो हाते पत्रिका दिनुभएपछि एसएलसी । ‘फसँ पुगु लप्ते’ माध्यम थियो नेपाल भाषा नै । थियो अर्थ हावाले उडाएको पात । 

लागेको थियो साहित्यको नशा तेइस सालदेखि नै । लेख्ने कविता र निकाल्ने पत्रिकाको । छैन छुटेको अहिलेसम्म पनि । हुनुहुन्छ लठ्ठ र मस्त पनि । लागिरहेको छ त्यही नशा लागिसक्दा पनि पचास वर्ष । निरन्तरताले सिर्जनायात्राको । छन् जन्मिसकेका धेरै कृतिहरू । चलाउनुभएको छ कलम धेरै विधामा । छन् भइसकेका सम्पादित कृति नै उन्नतिस वटा । 

बाँच्नलाई पढाउन थाल्नुभो तेइस सालदेखि । क्याम्पस, स्कुलमा उनन्चास सालसम्म । खानुभएको भए पनि जागिर । लागिरहेको थियोे नसा पत्रिका निकाल्ने नै । बस्न सक्नुभएन ननिकालीकन पत्रिका । बढ्दै गएको थियो त्यतिबेलै विश्वास मार्क्सवादको । बनेर सदस्य कम्युनिस्ट पार्टीको । बन्नुभएको थियो तारो सत्ता र सरकारको । बन्नुभो जिल्ला सेक्रेटरी नै नेकपा चौमको । बन्नुभो उम्मेदवार मेयरको उनन्चास सालमा । उठ्नुभएको थियो संयुक्त जनमोर्चाबाट । हार्नुभो आप्mनै हेडमास्टरबाट । हुनुहुन्थ्यो उम्मेदवार उहाँ काँग्रेस पार्टीबाट । 

निकाल्नुभो सत्ताइस सालमा पत्रिका ‘बिगुल’ । निकालेको भएर कम्युनिस्टले । भएकाले रचना कढी कम्युनिस्टहरूकै । गरिदियो जफत सत्ताले ननिस्कँदै प्रेसबाट । गरिदिएको भए पनि बन्द पत्रिका । लाग्नुभो झन् उग्रसँग । विरोधी अभियान र आन्दोलनमा निरङ्कुशताको । अञ्चलाधीशले बन्द गरिदिएको भए पनि ‘बिगुल’ । बज्न छोडेको थिएन आवाज कतै पनि । बजिरहेको थियो झन् मोहन दुवालभित्रभित्रै । निकाल्नुभो फेरि साहित्यिक पत्रिका ‘वेदना’ । गर्नुभो सम्पादन पनि ‘उत्साह’ को । 

भए पनि भूमिगत । बस्नुभएन बाँधेर हात । गरिरहनुभो भित्रभित्रै काम गर्नुपर्ने जति । नआएको होइन प्रस्ताव जागिरको दरबारबाट पनि । गरिएको थियो अनुरोध वैदेशिक संस्थाबाट पनि । नगएर कतै पनि ।

चलिरहेको थियो वर्ष दुई हजार सत्ताइसको । गर्न खोज्नुभो कवि सम्मेलन बनेपामा । जम्मा गरेर  प्रगतिशील कविहरू । दिइरहेको थियो त्यसै पनि चासो सत्ताले । चल्न थालेपछि अनेक हल्ला । हुन थालेको थियो सुराकी पनि । निस्कन्थ्यो साप्ताहिक पत्रिका ‘नयाँ सन्देश’ । लेख्यो त्यसले समाचार । झिकाएर हतियार चीनबाट । हुँदैछन् भेला पूर्वका कम्युनिस्टहरू । भनिए पनि कवि सम्मेलन । हो उद्देश्य यही नै । छापिएपछि समाचार । हुन थाल्यो निगरानी कडाइका साथ झन् । गर्न थाल्यो पक्राउ पनि । भाग्नुभो मोहन दुवाल सुरक्षित हुन काठमाडौँ । बस्नु प¥यो भूमिगत भएर एक वर्ष । 

भए पनि भूमिगत । बस्नुभएन बाँधेर हात । गरिरहनुभो भित्रभित्रै काम गर्नुपर्ने जति । नआएको होइन प्रस्ताव जागिरको दरबारबाट पनि । गरिएको थियो अनुरोध वैदेशिक संस्थाबाट पनि । नगएर कतै पनि । बनिरहनुभो प्रतिबद्ध पार्टी र विचारको । छोड्नुभएन गर्न विरोध निरङ्कुशताको । लागिरहनुभो न्याय र समानताका लागि । लेख्न थाल्नुभो कडा समालोचना शरद बनेपाको नाममा । लेख्नुभो पछि पनि खरै समालोचना । राख्नुभो नाम भने बहादुर । 

निकाल्नुभो पत्रिका वैचारिक । राख्नुभो नाम जनमत पाक्षिक । सक्नुभएन सन्तुष्ट निकाले पनि वैचारिक पत्रिका । निकाल्नुभो फेरि साहित्यिक पत्रिका ‘जनमत’ । वर्ष थियो चालिस दुई हजारको । बन्नुभएको त्यसै होइन पर्याय नै साहित्यिक पत्रिकाको । 

हुनुहुन्छ अब्बल साहित्यिक सङ्गठक पनि । हुनुहुन्छ कुशल अभियन्ता पनि । हुनै सक्दैन सफल नत्र साहित्यिक पत्रकारितामा । हो, तपस्या जस्तै निष्ठापूर्वक नै । गर्नुभएको छ  लगानी जीवन नै त्यसैमा । हुनुहुन्छ अहिले अध्यक्ष नेपाल साहित्यिक पत्रकार सङ्घको । 

छैन अरू केही पनि अब । बाहेक सिर्जना र सम्पादन । तन पनि त्यसैमा । समर्पण पनि त्यसैमा । लगाउनुभएको छ धन पनि त्यसैमा । नसिद्धिने काम कहिले सम्पादनकोे । भइरहने सधैँको भेटघाट । सम्पर्क स्रष्टाहरूसँगको ननिदाएसम्म हरेक दिन । 

लेख्नु त छँदैछ आप्mनो । सुखै हुँदैन नपढेर अरुको । जानैपर्छ मान्न अरूका निम्ता । भइरहन्छन् सदाभैmँ साहित्यिक कार्यक्रम । मान्नेपर्छ सामाजिक, सांस्कृतिक र पारिवारिक व्यवहार । गरिरहनुपर्छ तयारी पनि आफ्नै कार्यक्रमको । बितेका छन् यसरी नै नदी जस्तै दिन, महिना र वर्षहरू । 

छैन टाढा बनेपाबाट काठमाडौँ । जाँदा आउँदा र बस्दा कार्यक्रममा बितिहाल्छ दिन । छैन आप्mनो निजी साधन । भर पर्नुपर्छ सार्वजनिक यातायातकै । भए पनि देखिरहनुहुन्छ बाक्लैै कार्यक्रमहरूमा । देखाइरहेको छ यसले पनि समर्पण साहित्यमा । 

हुनुहुन्छ सरल एकदमै । छ जीवन सादासादा । खोज्नुहुन्न भाउ कहीँ कतै । गर्नुहुन्न लोभ केही कुरामा पनि । गर्नु भए पनि जागिर । पाउनुभएन पेन्सन, उपदान केही पनि । लाग्नुभएको भए पनि राजनीतिमा । सक्नुभएन लिन फाइदा । न पदको न जिम्मेवारीको । छैन बनाउनुभएको घर अहिलेसम्म आफैँले । बसिरहनुभएको छ बाजेकै पालाकोमा ।

विचारले हुनुभए पनि प्रतिबद्ध कम्युनिस्ट । पुगिरहनुहुन्थ्यो घरमै बिपी, गणेशमानहरू ।  गएको बेला बनेपामा । भन्नुभए जस्तै भएको छ । बोकाउनु हुन्न राजनीतिको भारी साहित्यलार्र्र्र्ई । गर्नुहुन्न विश्वास धर्ममा । नभए पनि आस्था । जानुहुन्छ मठमन्दिर । हुन्न पस्नु मात्र भित्र । गर्नुहुन्छ रीतिरिवाज सबै । मनाउनुहुन्छ चाडपर्व पनि । हुनु भएकाले सरल र सदाशयी । हुनुहुन्छ हार्दिक सधैँ । बन्नुभएको त्यसैले सबैका मोहन दाइ । बनेपाका दाइ । सबैका प्रिय दाइ ।  

जन्मनुभएको थियो जेठ उनन्तीस गते पाँच सालको । छ लेखिएको चिनामा यही । फरक थियो मिति नागरिकतामा भने । ठाउँ पनि बनेपा नै जन्मको । हिँडिरहनुभएको छ बनेपामा नै निरन्तर पचहत्तर वर्षदेखि । हुनुहुन्छ सक्रिय त्यत्तिकै । हुनुभए जत्ति नै पहिलेजस्तै । बन्नुभएको त्यसैले सबैको मोहन दाइ । सधैँको मोहन दाइ ।

हुनुहुन्छ सम्पन्न सिर्जना र सङ्ग्रहले । बनेका छन् साक्षी बत्तीस थान कृति । भएका छन् धन्य अरूका साढे दुई दर्जन सम्पादित पुस्तकहरू । बनेको छ उदाहरण नै जनमत प्रकाशन । प्रकाशित भएका छन् सयौँका पुस्तक । गरिरहनुभएको छ सम्मान सबैलाई । 

हो यो अक्षरको सबैभन्दा ठुलो पूजा । हो यज्ञ नै सिर्जना र सम्पादनको । दिनुभएको छ ठाउँ धेरैलाई पत्रिकामा । भइसकेका छन् धेरै नै चिनिएकाहरू पनि । दिइरहनुभएको छ मञ्च साधकहरूलाई । हो आदर्श कार्य यही नै मोहन दाइको ।

भन्छु त्यसैले, होइन तपार्ईं बनेपाको मात्र । होइन तपाईं जनमतको मात्र । होइन तपाईं पत्रिका, प्रकाशन र प्रतिष्ठानको मात्र । हो तपाईं, नेपाली साहित्यको मोहन दुवाल । साहित्यिक पत्रिकाको मोहन दुवाल । प्रकाशक र सम्पादक मोहन दुवाल । साहित्यिक सङ्गठक मोहन दुवाल । गर्नुभएका सत्कार्यहरूले बढिरहेका छन् तपाईंका जुलुस अक्षरहरूका । अक्षरकर्मीहरूका । लगाइरहेका छन् नारा निरन्तर– जनमत जिन्दावाद । मोहन दुवाल जिन्दावाद ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीओम श्रेष्ठ ‘रोदन’
श्रीओम श्रेष्ठ ‘रोदन’
लेखकबाट थप