थिएटरमा सुपर हिट 'द केरल स्टोरी' ओटीटी प्लेटफर्म भने बिक्री नै भएन
मुम्बई । सुदीप्तो सेन निर्देशित अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ यो वर्षको ब्लकबस्टर फिल्ममध्ये एक हो । थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि यो फिल्म छिट्टै ओटीटीमा आउनेमा सबै आशावादी थिए । तर बिडम्बना हालसम्म फिल्मले कुनै पनि ओटीटी प्लेटफर्म पाउन सकेको छैन ।
निर्देशक गुप्तोका अनुसार हालसम्म कुनै पनि ओटीटी प्लेटफर्मले फिल्मका लागि सही अफर गरेका छैनन् । ‘हामी एक राम्रो ओटीटी प्लेटफर्मबाट राम्रो व्यापारिक सम्झौताको पर्खाइमा छौँ । तर अहिलेसम्म हामीले विचार गर्न लायक कुनै पनि अफर आएको छैन । यस्तो लाग्छ कि फिल्म उद्योग हामीलाई दण्डित गर्न एकजुट भएका छन्’, निर्देशक गुप्ताले भने ।
उनको बुझाइमा फिल्मले बक्स अफिसमा पाएको सफलताले कैयौँ वर्गलाई हैरान बनाएको छ । त्यस कारण पनि मनोरञ्जन उद्योगका एक वर्ग उनीहरूको सफलतालाई सजाय दिन एकजुट भएको उनको दाबी छ । तर डिजिटल प्लेटफर्महरूले भने राजनीतिक रूपले कुनै पनि विवादास्पद बस्तुलाई अगाडि बढ्न नचाहेको बताएका छन् ।
‘केरल स्टोरीले बक्स अफिसमा राम्रो प्रदर्शन गर्यो । यद्यपि फिल्मको विषयवस्तु केही यस्तो छ, जुन दर्शकको एक निश्चित वर्गमा जबरजस्ती आक्रोश पैदा गर्न सक्छ । यो तथ्यलाई हेर्दै कुनै पनि प्रमुख ओटीटी प्लेयर फिल्म लिन तयार छैनन्’, एक प्रमुख ओटीटी प्लेटफर्मका बजार व्यवस्थापकले भनेका छन् । ती व्यवस्थापकको बुझाइमा ओटिटी प्लेफर्मले अधिक बुद्धिमान, विचारोत्तेजक र मनोरञ्जक विषयमा ध्यान केन्द्रित गरिरहेको छ । यो अवस्थामा द केरल स्टोरी जस्तो शैलीका कथा प्लेटफर्ममा फिट हुँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण