तोलामा ४०० ले बढ्यो सुनको मूल्य
आइतबार, १० असार २०८०, १० : ४५
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य बढेको जनाएको छ । महासङ्घले गत साताको शुक्रबारको तुलनामा आज ४०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार यसको कारोबार १३ सय ३५ रुपैयाँमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण