‘मधेस दिवस’ मनाउने मधेसी आयोगको निर्णय
काठमाडौँ । मधेसी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ । आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औँ बैठकमा आयोगले मधेस दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पूर्व मन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल, पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्व सदस्य ब्रह्मदेव राय, पूर्व सांसद सकलदेव सुतिहार सहितका विज्ञहरू सँग आयोगले मधेस दिवसको मिति निर्क्योल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगले नेपाल र नेपाली, मधेस र मधेसीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सो को लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरू मध्ये कुन राम्रो हुने उद्देश्यका साथ आगामी दिनहरूमा सरोकारवालाहरुसँग गहन छलफल गरी सो मितिमा मधेस दिवस मनाउन आयोगले आवश्यक निर्णय गर्ने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
आयोगले सबै सरोकारवालाहरू सँग मधेस दिवस मनाउन उपयुक्त मिति सम्बन्धी राय/सुझाव समेत सो प्रेस विज्ञप्तिमार्फत माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण