चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सांसदको माग
काठमाडौँ । सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकम कम भएको बताए ।
चट्याङबाट सर्वसाधारण र किसानहरू बढी मर्ने गरेको भन्दै विदेश जान छोडेर खेती किसानी गर्दा पनि चट्याङले ज्यान लिने गरेको तर सरकारले अत्यन्त कम क्षतिपूर्ति दिने गर्नाले पीडितहरूलाई मलहम नलाग्ने बताए । ‘दाङमा केही दिन अघि मात्र २ जना किसान बालीनाली लगाइरहेका किसान चट्याङ लागेर मृत्यु भयो’, गिरीले भने, ‘रामनारायण चौधरी र समीर केसीको मृत्यु भयो, रुपा राना घाइते छन् ।’
त्यस्तै घटना बागलुङमा पनि दुई नाबालक दिनेश र सुनिता विकको ज्यान गएको भन्दै उनले गत साल मात्र चट्याङबाट ५५ जनाले नेपालमा ज्यान गएको बताए । ‘तर सरकारले दुई लाख रुपैयाँ दिने गरेको छ । यो नाम मात्रको छ’, गिरीले भने, म चट्याङबाट निधन भएका परिवारलाई कम्तीमा १० लाख दिन सरकारसँग आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण