कोशी प्रदेशसभाको तेस्रो अधिवेशन १४ गतेका लागि आह्वान
विराटनगर । अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउन कै लागि अधिवेशन स्थगित गरेको प्रदेश सरकारले तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन चलिरहेका बेला आफू अल्पमतमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ ३१ गते अधिवेशन अन्त्यको निर्णय गरेका थिए । प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले असार १४ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई सरकारले सिफारिस गरेको बताए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आव्हान गर्न बैठक आव्हान गर्ने निर्णय गरेको हो । सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारमा सहभागी दलले सरकारबाट बाहिरिएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
प्रदेशसभाले जेठ १९ गते जसपाले समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएको रेकर्ड कायम गरेको छ । सोही अनुसार कार्कीले असार १७ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्नेछ ।
कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यहरुमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । काँग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको पहल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण