सांसद यादवलाई टिकटकमा गाली गलौच गरेको व्यक्तिलाई पक्राउ गर्न माग
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई टिकटक बनाई गाली गलौच गरेको भन्दै उनका स्वकीय सचिवले विद्युतीय अपराधसम्बन्धी मुद्दामा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।
सांसद यादवका स्वकीय सचिव निखिल वर्णवाले जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्दै Tiktok Id@upendra shah243 भएका व्यक्तिले गाली गलौच गरेको चरित्र हत्या गरेको दाबी गरेका छन् । मधेस प्रदेश जिल्ला पर्सा क्षेत्र नम्बर १ का निर्वाचित सांसद प्रदीप यादव वन मन्त्री समेत भइसकेको र जनताको आवाज सडकदेखि सदनसम्म राख्दै आएको उल्लेख गर्दै सांसद यादवलाई अश्लील गाली गलौच गरेकाले हदैसम्मको कारबाहीको माग गरिएको छ ।
अश्लील गाली गलौच गरी ३ः५४ सेकेन्डको भिडियो बनाई सामाजिक सञ्जालमा राखिएको छ । त्यसले गर्दा सांसद यादवको चरित्र हत्या हुनुको साथ समाजमा उनको मान प्रतिष्ठा समेत हनन भएको दाबी उजुरीमा गरिएको छ । Tiktokid@upendrashah243 @ravibarnwal13 Id भएको व्यक्तिलाई पक्राउ गरी भिडियो डिलिट गराई कानुनी कारबाही गर्न माग गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण