उपसभामुख राना र चिनियाँ प्रतिनिधि मण्डलबीच भेट
काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
चीनको तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसका स्थायी समिति उपनिर्देशक तथा जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईको नेतृत्वमा आएको चिनियाँ संसदीय प्रतिनिधि मण्डलसँग उपसभामुख रानाले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेकी हुन् ।
भेटमा उपसभामुख रानाले नेपाल चीन सम्बन्ध निकै पुरानो र घनिष्ठ भएको चर्चा गर्दै दुई पक्षीय भेटवार्ता र भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
त्यसक्रममा उनले नेपालको फलफूल, जडीबुटी लगायत कृषि उत्पादनहरु अर्गानिक र उत्कृष्ट हुने भन्दै नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म बिस्तार गर्न सके दुवै देशलाई फाइदा हुने बताइन् ।
‘नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूलहरु विशेष गरी ओखर निकै राम्रो र स्वादिलो हुन्छ,’ रानाले भनिन्, ‘नेपालमा उत्पादन हुने फलफूल, जडिबुटीहरु चिनियाँ बजारसम्म विस्तार गर्न सके चीनका नागरिकले हिमाली क्षेत्रको उत्पादनको स्वाद पाउनु हुन्थ्यो ।’
सो अवसरमा संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेका तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै निकै घनिष्ठ रहेको बताए ।
तिब्बत स्वायत्त क्षेत्रको प्रान्तीय टोलीको नेतृत्व गर्दै आफू पहिलोपटक नेपाल आएको उल्लेख गर्दै जियाङले तिब्बतले नेपालसँगको सम्बन्धलाई सधैं विशेष प्राथमिकता दिने बताए ।
‘चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धको नयाँ अध्याय शुरु भएको छ,’ जियाङले भने, ‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको हामी प्रशंसा गर्छौं ।’भेटवार्तामा चिनियाँ प्रतिनिधि मण्डलका साथै नेपालका लागि चीनका राजदूत छन् सोङ पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण