यो परिवर्तनपछि दक्षिण कोरियाका जनता अब एक वर्ष कान्छो हुने
उमेर बढेसँगै हाम्रो उमेर पनि बढ्दै जान्छ तर दक्षिण कोरियामा भने मानिस एक वर्ष सानो हुने भएका छन् ।
वास्तवमा, दक्षिण कोरियाले आफ्नो शताब्दीयौं पुरानो उमेर गणना गर्ने प्रणाली परिवर्तन गरेको छ । पुरानो व्यवस्थामा यहाँका मानिसहरूले गर्भबाटै बच्चाको उमेर जोड्ने गर्थे । अर्थात्, जब जन्मिने बित्तिकै एक वर्षको हुन्थ्यो ।
यस्तै, सामान्यतया नेपाल वा अन्य देशमा, हामी हाम्रो जन्मदिनको आधारमा हाम्रो उमेर निर्धारण गर्छौँ । तर दक्षिण कोरियाका मानिस वर्षको पहिलो दिन अर्थात् जनवरी १ तारिखमा थप अर्को वर्ष ठुलो हुन्छन् । यसका लागि उनीहरुले आफ्नो जन्मदिन नै कुर्नुपर्दैन ।
आजबाट नयाँ प्रणाली लागु हुने
तर, आजदेखि दक्षिण कोरियामा नयाँ प्रणाली लागू भएको छ, जसअन्तर्गत मानिसले जन्मदिनको आधारमा नै आफ्नो उमेर निर्धारण गर्नेछन् ।
गत वर्ष सत्तामा आएदेखि नै राष्ट्रपति युन सुक योलले यो परिवर्तनका लागि जोड दिइरहेका छन् । उनका अनुसार पुरानो व्यवस्था कायम राख्दा ‘अनावश्यक सामाजिक र आर्थिक खर्च’ खेप्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण