आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यो परिवर्तनपछि दक्षिण कोरियाका जनता अब एक वर्ष कान्छो हुने

बुधबार, १३ असार २०८०, १० : ३३
बुधबार, १३ असार २०८०

उमेर बढेसँगै हाम्रो उमेर पनि बढ्दै जान्छ तर दक्षिण कोरियामा भने मानिस एक वर्ष सानो हुने भएका छन् । 

वास्तवमा, दक्षिण कोरियाले आफ्नो शताब्दीयौं पुरानो उमेर गणना गर्ने प्रणाली परिवर्तन गरेको छ । पुरानो व्यवस्थामा यहाँका मानिसहरूले गर्भबाटै बच्चाको उमेर जोड्ने गर्थे । अर्थात्, जब जन्मिने बित्तिकै एक वर्षको हुन्थ्यो । 

यस्तै, सामान्यतया नेपाल वा अन्य देशमा, हामी हाम्रो जन्मदिनको आधारमा हाम्रो उमेर निर्धारण गर्छौँ । तर दक्षिण कोरियाका मानिस वर्षको पहिलो दिन अर्थात् जनवरी १ तारिखमा थप अर्को वर्ष ठुलो हुन्छन् । यसका लागि उनीहरुले आफ्नो जन्मदिन नै कुर्नुपर्दैन । 

आजबाट नयाँ प्रणाली लागु हुने 

तर, आजदेखि दक्षिण कोरियामा नयाँ प्रणाली लागू भएको छ, जसअन्तर्गत मानिसले जन्मदिनको आधारमा नै आफ्नो उमेर निर्धारण गर्नेछन् ।

गत वर्ष सत्तामा आएदेखि नै राष्ट्रपति युन सुक योलले यो परिवर्तनका लागि जोड दिइरहेका छन् । उनका अनुसार पुरानो व्यवस्था कायम राख्दा ‘अनावश्यक सामाजिक र आर्थिक खर्च’ खेप्नुपरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप