संसदीय दलको बैठक
बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
बुधबार, १३ असार २०८०, ११ : ३६
काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद कृष्णकुमार(किसान) श्रेष्ठले जानकारी दिए ।
‘बजेटको पक्षमा मतदान गर्ने निर्णय भयो र त्यसका लागि दलका नेताले हिवप जारी गर्नुभएको छ’, श्रेष्ठले रातोपाटीलाई बताए । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए । यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटको
पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०–०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण