बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई आफ्नो उपलब्धि ठानेको छु : प्रधानमन्त्री प्रचण्ड

बुधबार, १३ असार २०८०, १२ : ५३
बुधबार, १३ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक व्यवस्थाप्रति जनतामा विश्वास जगाउन सक्नुलाई आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्रीको नेतृत्व लिँदै गर्दा जनतामा व्यवस्था र सरकारप्रति निराशा, असन्तोष र आवेग रहेको बताउँदै त्यसमा सुधार भएको बताए । 

उनले भने– ‘जनतामा राज्यप्रति र सरकारप्रतिको भरोसामा जुन अभिवृद्धि भएको छ, यसबीचको सबैभन्दा ठुलो उपलब्धि मानेको छु । हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने मनोवृत्ति बनिरहेको थियो । त्यसले जनतामा ठुलो आक्रोश जन्माइरहेको पनि थियो । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । नक्कली शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठुलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको छ ।’

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट सरकारले कानुनी शासनको सर्वोच्चता मात्र नभई लोकतन्त्रको सर्वोच्चको पनि स्थापित भएको दाबी गरे । उनले देशको उच्चपदस्थ एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत हुँदै गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप