किसानलाई मलको हाहाकार हुन दिइने छैन : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले किसानलाई मलको हाहाकार हुन नदिने बचन दिएका छन् । संसदमा बोल्दै प्रचण्डले रासायनिक मल मौज्जात भएकाले किसानले चाहे जति मल पाउने बताए । ‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्र्यो’ प्रचण्डले भने, ‘मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिवद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन। त्यो प्रतिबद्धता पूरा भएको र यस आर्थिक वर्षमा साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ ।’
अरु १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको प्रचण्डले बताए । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न रु.३० अर्ब रकम विनियोजन गरिएको प्रचण्डको भनाई छ । ‘देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छु’ उनले भने ।
यस्तै प्रचण्डले मेलम्ची खानेपानी आयोजनाका आवश्यक संरचनाहरूको मर्मत सम्भार सम्पन्नर भई बाह्रै महिना नियमित पानी वितरणको सुनिश्चितता गरिएको बताए भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरणमा तीव्रता ल्याइएको प्रचण्डले बताए । मुक्त कमैया, मुक्त हलिया, मुक्त कमलरी, हरवा चरवा लगायतका समस्याको दीगो र शीघ्र समाधान गर्न सम्बन्धित निकायहरूलाई क्रियाशील बनाइएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण