नेपालमा छिट्टै विकासको तुफान आउन सक्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै विकासको तुफान आउन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको तुफान नै आएजसरी आफ्नो कामको विवरण प्रस्तुत गरेको बताएपछि सो को जवाफमा प्रचण्डले भने– ‘मैले विकासको तुफान आइसकेको भनेको छैन, मैले हामी सबैले दृढ इच्छाशक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असंभव छैन भन्न खोज्न हो ।
मैले निराशा र कुण्ठा हैन, अविश्वास र आशंका हैन, विश्वास र दृढताको निम्ति अपिल गरेको हो । तुफान आइसकेको छैन, तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी १० हजार मेगावाट १० बर्षमा । या अरु थुप्रै कामरु जसरी सुरु भएका छन्, ती अगाडि जाने हो भने तुफान आउनचाँही सक्छ छिट्टै ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउँन राजनीतिक तहमा र सरकारमा पनि नयाँ तरिकाले छलफल थालेको बताए । सांसद रघुजी पन्तको प्रश्नमा प्रधानमन्त्री कार्यालय, सचिवालय लगायतको कामबाट सन्तुष्ट नभएको र केही गर्न चाहेको बताए । यस्तै इपिजी प्रतिवेदनको बारेमा आफ्नो तवरबाट छलफल चलाएको बताए । वैदेशिक रोजगारीको विषयमा धेरै ठगी भएको र ठोस रुपमा जानकारी गराए सरकार काम गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण