बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

जसपा संसदीय दलको बैठकमै पुगे प्रचण्ड

बुधबार, १३ असार २०८०, १५ : ५७
बुधबार, १३ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशमा बजेटको विशेष व्यवस्था गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले जसपा संसदीय दलको बैठकमै पुगेर सो आश्वासन दिएका हुन् । प्रधानमन्त्रीले सो आश्वासन दिएपपिछि जनता समाजवादी पार्टीले बजेट पासमा समर्थन जनाएको हो ।

जसपाका अधिकांश सांसदहरुले बजेटको विपक्षमा मतदान गर्ने भएपछि  अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई संसदीय दलको कार्यालयमा बोलाएर छलफल गरेका थिए । बैठकमा प्रचण्डले जसपा सांसदहरूको गुनासो सुनेका थिए । छलफलमा उनले बजेट संशोधन गर्न नसकिने तर मधेशका लागि आवश्यक बजेटको व्यवस्था गराउन सकिने आश्वासन दिएपछि बजेटलाई समर्थन गर्ने निष्कर्षमा पुगेको जसपाका सांसद एवं प्रमुख सचेतक प्रदीप यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप