समाजवादी मोर्चा सम्बद्ध चार युवा सङ्गठनको बैठक सम्पन्न
काठमाडौँ । समाजवादी मोर्चा नेपाल सम्बद्ध चार युवा सङ्गठनको बैठक विभिन्न निर्णयका साथ सम्पन्न भएको छ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा भएको बैठकमा युवा सङ्घ नेपालका कार्यवाहक अध्यक्ष कृष्ण विश्वकर्माले अध्यक्षता गरेका थिए ।
बैठकमा वाइसीएल नेपालका वरिष्ठ उपाध्यक्ष कसम गुरुङ, युवा सङ्गठन नेपालका अध्यक्ष पाटन सी, समाजवादी युवा सङ्घका कावा अध्यक्ष सन्जिप यादव लगायतको प्रतिनिधि मूलक सहभागिता रहेको वाइसिएलका उपाध्यक्ष सुवित ढुङ्गानाले बताए ।
समाजवादी मोर्चाको घोषणा लगत्तै असार ७ गते माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा वाइसिएल नेपालका अध्यक्ष शुवोध श्रीपालीको अध्यक्षमा बसी समाजवादी मोर्चा घोषणाको विज्ञप्तिमार्फत स्वागत गरिएको थियो ।
आजको बैठकले सरकारले गरेको भ्रष्टाचार विरुद्धको अभियानलाई धन्यवाद, प्रचार मोर्चा र प्रकृति प्रकोप स्यंमसेवी मोर्चा बनाइ कार्यगत एकता गर्ने निर्णय गरेको युवा सङ्घका कोषाध्यक्ष दीपक दवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण