कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन जसपा सहभागी नहुने
विराटनगर । जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् ।
विज्ञप्तिमा कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ । साथै सो पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ । निरन्तर सङ्घीयता र पहिचानको निम्ति पहिचानसहितको सङ्घीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसङ्घर्ष नै प्रमुख साधन हो भन्ने मान्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट सङ्घर्ष चलाइरहेको जसपाले जनाएको छ । कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ ।
‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा हुने कुरै भएन । सँगै, पहिचानको मागलाई नजरअन्दाज गरेर कोशी नामकरणको पक्षमा मतदान गर्ने दलहरूप्रति पनि हामी विश्वस्त हुन सक्ने कुनै राजनीतिक आधार देखा परेको छैन’, जसपाले भनेको छ ।
मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण