मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भोलि पोखरा आउने
बिहीबार, १४ असार २०८०, १५ : ३५
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि (शुक्रबार) पोखरा आउने भएको छन् ।
गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन
प्रधानमन्त्री प्रचण्ड पोखरा आउने कार्यक्रम तय भएको हो ।
गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्याल तिवारीका अनुसार शुक्रबार र शनिबार हुन लागेको मुख्यमन्त्रीहरूको भेलामा प्रदेशका अधिकार, एकीकृत विकासका बारेमा छलफल हुनेछ । यसअघि जेठ १० मा मुख्यमन्त्रीहरूको भेला तय भएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड आउन नभ्याएपछि सम्मेलन स्थगित भयो।
शुक्रबार हुने मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलोपटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भएको थियो । उक्त भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण