कोशी प्रदेशसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित
विराटनगर । कोशी प्रदेशसभाको ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ । सभामुख बाबुराम गौतमले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
साढे ५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक निर्धारित समयमा मुख्यमन्त्री तथा मन्त्रीहर नआएपछि राती ८ बजे बोलाइएको थियो । ८ बजेको बैठकमा पनि साढे ९ बजेसम्म मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित भएपछि शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका थिए । विपक्षी गठबन्धन दलहरुले आजै बैठक राख्नुपर्ने अडान राखेका थिए ।
विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत मुख्यमन्त्रीले पत्र पठाएका थिए । मुख्यमन्त्री कार्की यसअघि प्रदेशसभामा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै प्रदेशसभाबाट बाहिरिएका थिए । विश्वासको मतको प्रस्ताव उपर आजै मत विभाजन गर्ने सभामुख र विपक्षी दलको तयारीलाई मुख्यमन्त्री कार्कीले एकदिन पर धकेलिदिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण