बेलायतको स्थानीय तहको राजनीतिमा नेपाली मूलको सहभागिता बढ्दै
लन्डन । संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको छ।
बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले एक मेयर, एक उपमेयर र १० जना काउन्सिलर पदमा नेपाली मूलका निर्वाचित भएका छन्। सन् २०१० अघि भने फाट्टफुट्ट नेपाली मात्र स्थानीय तहमा निर्वाचित भएका थिए। सन् २००९ पछि ब्रिटिस गोरखा परिवारलाई आवासीय सुविधा दिएसँगै नेपालीको सङ्ख्या बढेपछि राजनीतिक सहभागिता पनि बढेको हो।
पूर्वब्रिटिस गोरखासमेत रहनुभएका बार्नेट बरोको काउन्सिलर लक्ष्यबहादुर गुरुङले नेपाली मूलका निर्वाचित भएपछि आफ्नो समुदायको आवाज काउन्सिलको च्याम्बरसम्म पुगेको र स्थानीय तहमा समुदायको पहिचान स्थापित भएको बताए। सोही बरोबाट सन् २०१८ मा उपमेयरसमेत भइसकेका गुरुङले आफ्नो क्षेत्रमा नेपालीको समाधि स्थल बनाएको स्मरण गर्दै आफ्नो बरोले नेपालका विभिन्न विद्यालयसँग सहकार्यसमेत गरेको जानकारी दिए। उनी सत्तारूढ कन्जरभेटिभ पार्टीबाट निर्वाचित छन् । विशेषगरी समुदायमा सक्रिय भएका नै राजनीतिमा बढी संलग्न भएका देखिन्छन्। हालै मात्र मेडवे बरोको काउन्सिलमा मेयरमा निर्वाचित निना गुरुङ कोभिड–१९ पछि मात्र राजनीतिमा सक्रिय रूपमा लागेको बताउँछिन्। नेपाली मूलकी पहिलो महिला मेयर गुरुङले त्यस क्षेत्रमा सामाजिक अभियन्ताको पहिचान बनाउनुभएको थियो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण