३३ अर्बको चामल आयात
सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे १३ अर्बको धान तथा चामल आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो ।
किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा धान उत्पादन वृद्धि हुन सकेको छैन । धानको उत्पादन र उत्पादकत्व घट्टा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो ।
धानको उत्पादन बढाउन नसक्दा चामल आयात भइरहेको पूर्वकृषि सचिव योगेन्द्रबहादुर कार्कीले बताए। 'धान उत्पादन बढाउन किसानलाई आवश्यक बिउ, सिँचाइदेखि रासायनिक मलको उपलब्धता सहज हुन सकेको छैन,' सचिव कार्कीले भने, 'आयात प्रतिस्थापन गर्न धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।'
सरकारले शुक्रबार 'जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ २०औं धान दिवस मनाउँदैछ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएपछि मुलुक चामलमा परनिर्भर छ। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण