जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा
शुक्रबार, १५ असार २०८०, ०६ : ४९

सुर्खेत । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार सूचना सार्वजनिक गरिएको बताए ।
उनका अनुसार शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा हुनेछ । कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
अहमदाबादबाट लन्डन गइरहेको एयर इन्डियाको फ्लाइट रद्द
-
विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीको आज पनि प्रदर्शन
-
नेप्सेमा सामान्य गिरावट, कारोबारको उत्साह पनि टिकेन
-
मेलिना र दिनेशको सहकायको ‘नाम के हो नानी’ सार्वजनिक