गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड, तस्बिरहरु
पोखरा । अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् ।
शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का स्थानीयसँग अन्तरक्रिया गरेका हुन् ।
स्थानीयसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सो क्रममा अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राखेका थिए ।
स्थानीय जनतासँग अन्तरक्रियापछि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले उठाएका विषयहरूबारे सम्बोधन गर्ने कार्यसूची रहेको छ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण