आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

एक महिनाभित्र  एनआरएनए नागरिकता वितरण गर्ने सरकारको घोषणा

शुक्रबार, १५ असार २०८०, १७ : १६
शुक्रबार, १५ असार २०८०

ओमन । सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरणको काम सुरु गर्ने भएको छ । उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गर्ने सरकारको घोषणा गरेका हुन् । 

उनले भने– ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ । एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु पर्ने नियम कानुन परिवर्तन गरिन्छ । गर्नुपर्ने काम रोकिँदैन ।’

एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए । एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ थियो। एनआरएनएको सन्दर्भमा नेपालमा सत्ता र प्रतिपक्ष नरहेको भन्दै उनले एकता भावका साथ एनआरएनएलाई हेर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप