एक महिनाभित्र एनआरएनए नागरिकता वितरण गर्ने सरकारको घोषणा
ओमन । सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरणको काम सुरु गर्ने भएको छ । उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गर्ने सरकारको घोषणा गरेका हुन् ।
उनले भने– ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ । एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु पर्ने नियम कानुन परिवर्तन गरिन्छ । गर्नुपर्ने काम रोकिँदैन ।’
एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए । एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ थियो। एनआरएनएको सन्दर्भमा नेपालमा सत्ता र प्रतिपक्ष नरहेको भन्दै उनले एकता भावका साथ एनआरएनएलाई हेर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण