रगत संकलनका लागि एम्बुलेन्स
बुटवल । रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ । रोटरी क्लव अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरिएको हो । यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।
उनका अनुसार यो एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्छन् । रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए ।
_ZKlO9XQvBt.jpg)
यसको सञ्चालन कार्यविधि निर्माण गरिने र सोही अनुसार कार्यान्वयनमा लगिने उनको भनाइ छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्नेमात्र हैन, रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था पनि गरिएको छ ।
रगत अभाव भएको बेला गाउँगाउँसम्म पुगेर रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लवले गरेको यो कार्य निकै सह्राहनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन गर्न अस्पतालको अटेरी
-
कृत्रिम महँगीको मारमा आम नागरिक
-
साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
-
पाराग्वेली सांसदको रङ्गभेदी टिप्पणीमाथि खनिए एम्बाप्पे, फ्रेन्च फुटबल महासङ्घ अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण