मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने
मङ्गलबार, २३ असार २०८३, ०६ : २८
मकवानपुर । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै राहदानी विभागको पत्रअनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले चार दिन सेवा बन्द हुने जनाएको हो ।
प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलले जारी गरेको सूचनामा राहदानीका आवेदन पेस गरेका तर अस्वीकृत भई पुनः आवेदन गर्नुपर्ने, विभागबाट राहदानी छपाइ भई आएकालाई मङ्गलबार कार्यालय समयभित्र सेवा लिन पनि आग्रह गरिएको छ । यही असार २९ गतेदेखि नयाँ राहदानी प्रणालीमार्फत आवेदन कार्य पुनः नियमित हुने प्रशासनले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण