सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ

सोमबार, २२ असार २०८३, १९ : २५
सोमबार, २२ असार २०८३

धनगढी । कैलालीमा १० वर्षीय बालकको हत्या घटनामा संलग्न रही फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा मृत फेला परेका बालकको हत्या आरोपमा फरार रहेका २५ वर्षीय युवक सोमबार पक्राउ परेका हुन् । 

गएको असार १२ गते धनगढी–१७ स्थित कालिका सामुदायिक वनमा १० वर्षीय बालक तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए । उक्त घटनामा संलग्न भई फरार रहेका कैलालीकै गौरीगंगा नगरपालिका वडा नं ६ बस्ने २५ वर्षीय खगेन्द्र भन्ने खेमराज कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कठायतलाई धनगढी उप महानगरपालिका वडा नं २ भन्सार रोड क्षेत्रबाट पक्राउ गरेको हो । 

पक्राउ परेका कठायतलाई हिरासतमा राखी ज्यानसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप