अब नयाँ आत्मविश्वासका साथ संघीयता कार्यान्वयनमा अघि बढ्छौँ : प्रधानमन्त्री
कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय समन्वय परिषद्को बैठक सफलतापूर्वक सम्पन्न भएको र यसले पोखरा घोषणा मानिने गरी महत्त्वपूर्ण निर्णयहरू गरेको बताएका छन् । पोखरामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले दाहालले बैठकले एउटा नयाँ आत्मविश्वासका साथ संघीयता कार्यान्वयन र तीनै तहका सरकारको समन्वय र प्रभावकारितामा नयाँ गति आउँछ भन्ने विश्वास लिएको बताएका हुन् ।
उनले भने, ‘बैठकले संविधान कार्यान्वयनमा देखापरेका कतिपय चुनौतीहरूलाई सम्बोधन गर्ने काम गरेको छ । संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको बीचमा समन्वय गर्ने र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने दिशामा आजको बैठकबाट निर्णयहरू भएका छन् ।’ तीन वर्ष अगाडि ऐन बनेको तर हालसम्म परिषद्को बैठक बस्न नसकेकोमा आफ्नो पहलमा पहिलोपटक बैठक बसेको जानकारी दिए । बैठकमा मन्त्रीहरू, गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति लगायतको प्रतिनिधित्व रहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण