एप्पलको बजार पुँजी तीन ट्रिलियन डलर नाघ्यो
न्युयोर्क । विश्वको अग्रणी प्रविधि कम्पनी एप्पलको बजार मूल्य अहिले तीन ट्रिलियन (तीन लाख करोड) डलर नाघेको छ । यसरी एप्पल बजार पुँजीकरण तीन ट्रिलियन डलरभन्दा बढी हुने विश्वको पहिलो कम्पनी बनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार एप्पलको शेयरमा २.३ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार यसको मूल्य १९३.९७ डलर पुगेको थियो।
यो उछालका कारण एप्पलको बजार पुँजीकरण ३.०४ ट्रिलियन डलर नाघेको छ । भर्चुअल रियालिटीमा प्रयोग हुने नयाँ उत्पादन ‘भिजन प्रो’ पछिल्लो समय कम्पनीको सेयर मूल्य बढ्नुको कारण हो । यसअघि गत वर्ष जनवरीमा कम्पनीको मूल्य तीन खर्ब डलर नाघेको थियो । यद्यपि बजार बन्द हुँदा यो स्तर तल गएको थियो । त्यसपछि कम्पनीको सेयर निरन्तर ओरालो लागेको थियो । यस वर्षको सुरुमा एप्पलको बजार पुँजीकरण दुई ट्रिलियन डलरमा झरेको थियो । एप्पल कम्पनीको स्थापना अप्रिल १, १९७६ मा स्टीव वोज्नियाक र रोनाल्ड वेनले स्टिभ जब्सले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण