समाचार
ललिता निवास पुग्यो काठमाडौँ महानगर प्रहरीको जम्बो टोली
आइतबार, १७ असार २०८०, १४ : ३९
काठमाडौँ । बहुचर्चित सरकारी जग्गा घोटला काण्डको रुपमा परिचित बालुवाटारस्थित ललिता निवासमा काठमाडौं महानगरपालिका प्रहरीको जम्बो टोली पुगेको छ । ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा ललिता निवासमा नगर प्रहरी पुगेको छ । पाण्डेले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने बताएका छन् । यतिबेला नगर प्रहरीले ललिता निवासको सरकारी जग्गामा स्थलगत निरिक्षणको कार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण