समाजवादी मोर्चा जहाँको त्यहीँ : बैठक बस्नेसमेत छैन टुङ्गो
काठमाडौँ । समाजवादी मोर्चा घोषणा भएको झन्डै दुई हप्ता पुग्न लाग्यो । गत असार ४ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा घोषणा भए यता मोर्चाको बैठकसमेत बस्न सकेको छैन । मोर्चाको नेतृत्व आलोपालो गर्ने भनिए पनि नेतृत्वसमेत टुंगिएको छैन । मोर्चा जहाँको त्यहीँ अवस्थाबाट अघि बढ्न सकेको छैन ।
सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी(जसपा) नेकपा एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाले मोर्चा बनाएका हुन् । काँग्रेसलाई दबाब दिन र एमालेलाई तर्साउन बनाएको मोर्चाले अझै पाइला अघि बढाएको छैन । काँग्रेस सभापति शेरबहादुर देउवा उपचार गर्न विदेश गएका बखत हतारमा मोर्चा घोषणा गरिएको थियो । तर मोर्चाले अहिलेसम्म पनि आफ्नो अस्तित्व र प्रभाव देखाउन नसकेको हो ।
मोर्चा घोषणामा नेताहरूले कसैप्रति लक्षित नभएको उद्घोष गरेका थिए । विचार मिल्ने पार्टीहरूले मोर्चा बनाएकाले कोही तर्सन नहुने तर्क उनीहरूको थियो । यता मोर्चा सम्बद्ध पार्टीका युवा, विद्यार्थी, किसान संगठनले संयुक्त विज्ञप्ति जारी गरेर सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
मोर्चा घोषणा हुँदा कतिपयले यसलाई सत्ता जोगाउने खेलको रूपमा अर्थ्याए । मोर्चा घोषणा भएको यति समय बितिसक्दा पनि एउटा बैठकसमेत नबस्नुले त्यतातर्फको आशंकालाई थप बल पुगेको छ । तर माओवादी केन्द्रका महासचिव देव गुरुङले भने नेताहरू व्यस्त भएकाले बैठक बस्न नसकेको जिकिर गरे । ‘सरकार आफ्ना काममा केन्द्रित छ । अरू काममा ध्यान दिन पाएको छैन । अरू नेताहरूसमेत व्यस्त हुनुभयो,’ गुरुङले भने, ‘अब बिस्तारै मोर्चाको बैठक, छलफल लगायतका काममा केन्द्रित हुने छौँ ।’ मोर्चाले बिस्तारै सक्रियता लिने गुरुङले दाबी गरे ।
यस्तै जसपा प्रवक्ता मनिष सुमनले पनि मोर्चाको बैठक बस्न नसके पनि बिस्तारै सक्रियता हुने बताए । ‘बैठक बस्ने भनिएको बैठक बस्न सकिएको छैन’ सुमनले भने, ‘थप अरू केही काम हुन सकेको छैन । तर अब बिस्तारै मोर्चाले पाइला चाल्छ ।’
यता विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले मोर्चाका नेताहरूले भेटघाट गर्न बोलाए पनि उपस्थित हुन नसकिएको बताए । आफूहरू धान रोप्न व्यस्त भएकाले मोर्चाको छलफलमा सहभागी हुन नसकेको बुढाको भनाई छ । ‘हामी उत्पादनमा लागेका छौँ । असार १० गतेदेखि ३० गते धान लगाउने काममा सक्रिय छौँ । त्यसमा महासचिवसमेत लागि रहनुभएको छ’ उनले भने, ‘काठमाडौँबाट छलफलमा आउन तोकेता गरी रहनुभएको छ । समय मिलाएर एक दिनमा आउनुहुन्छ त्यसपछि मोर्चाको बैठक बस्न सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण